धनगढी । दार्चुलाको अपि हिमालमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, यूएनडीपी, नेपाल पर्वतारोण संघ र अपि हिमाल गाउँपालिकाबीच सम्झौता भएको छ ।
उक्त निकायहरूबीच बिहीबार तालिम सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार काठमाडौं र अपि हिमालमा ३५ दिने माउन्टेन गाइड तालिम सञ्चालन हुनेछ ।
तालिमका लागि शुक्रबार आवेदन खुला गरिएको छ । इच्छुकले १३ अगस्ट २०२५ सम्म आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया