धनगढी । महाकाली नदीमा डुबेर कञ्चनपुरका दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका– ११ की ७ वर्षीया सानवी पन्त र उनकी दिदी नाता पर्ने ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार आइतबार दिउँसो नदीमा नुहाउन गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् । ‘
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीय बासिन्दाले बेपत्ता बालिकाहररुको खोजी गरिरहेका छन्,’ डीएसपी बोहराले भने ।
बेपत्ता सानवी र जिविका बुवा भाइका छोरी हुन् ।
प्रतिक्रिया