ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारको सुरक्षामा सशस्त्र पनि खटाइयो

आइतबार २५, साउन २०८२ ०५:०८

धनगढी । कैलाली कारागारको सुरक्षामा सशस्त्र प्रहरी पनि खटाइएको छ । निरन्तरको झडपपछि कारागार तनावग्रस्त भएपछि शनिबारदेखि कारागारको सुरक्षामा सशस्त्र प्रहरी पनि खटाइएको हो । 

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । झडप भएको स्थानमा अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । मानव अधिकारको टोलीसहित सुरक्षा अधिकारी घटनास्थल प्रवेशको तयारीमा छन् । 

अहिले कारागारमा कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणनाको तयारी गरिएको छ ।

प्रतिक्रिया