डडेल्धुरा । डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मानबहादुर साउँद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३७ हजार ७ सय ८५ रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया