सुदूरपश्चिमका आठ जिल्लामा आकस्मिक बाढीको जोखिम
धनगढी । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ४० जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन सार्वजनिक गर्दै विभिन्न ४० जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको हो । बुलेटिनमा सुदूरपश्चिमका आठ जिल्लामा पनि आज बाढीको जोखिम रहेको उल्लेख छ ।
महाशाखाका अनुसार आज डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ । यस्तै, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया