धनगढी। नेपाल सरकारले यसवर्षकाे वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरिएको छ । सरकारले मोटा धानको गत वर्षका तुलनामा यो वर्ष प्रति क्विन्टल ५३ रुपैयाँ र मध्यम धानको मुल्य एक सय १८ रुपैंयाँ बढाएको छ ।
गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
प्रतिक्रिया