धनगढी । उपसभामुखलाई हटाउने काँग्रेस–एमालेको कसरतमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा दुई धार देखिएको छ । विपक्षी बेन्चमा बस्दै आएकी पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठ चौधरी सत्तारुढ दलको बैठकमा सहभागी भएकी छिन् ।
पार्टीका अन्य तीन जना सांसद भने उक्त प्रस्तावको विपक्षमा उभिने भएका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने विषयमा निर्णय नभइसकेको बताएकी छन्।
उनले संसदीय दलको बैठकमा यसबारे निर्णय लिइने बताइन् । नाउपाका चार सांसद छन् । सांसदहरू गंगाराम चौधरी, अरुण चौधरी र लालबीर चौधरीले विपक्षमा उभिने तयारी गरेको नागरिक उन्मुक्तिका नेता ठाकुरसिंह थारुले बताए ।
प्रतिक्रिया