ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्माण भएका कानुन कार्यान्वयनमा लागि परेका छौँ : मन्त्री सार्की

बुधबार ०४, भदौ २०८२ ०१:०८

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले प्रदेशमा हालसम्म निर्माण भएका कानुनको कार्यान्वयनमा सरकार लागि परेको बताएका छन् । अग्रलेख मल्टिमिडिया प्रालिको सहकार्य तथा इन्सेक प्रदेश कार्यालय धनगढीको आयोजनामा आज धनगढीमा भएको सुदूरपश्चिम प्रदेशमा कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री सार्कीले आफ्नो मन्त्रालयले पनि कानुन कार्यान्वयनमा पहल गरिरहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ४६ वटा कानुन बनाएकोमा अधिकांश कार्यान्वयन हुन सकेका छैनन् । मन्त्री सार्कीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखिनै कानुन निर्माण र बनेका कानुन कार्यान्वयनमा पहल गरेको दावी गरे । कार्यक्रममा सहभागीले प्रदेशमा बनेका कानुन  आमनागरिक तथा सरोकारवालासम्म पुग्न नसकेको बताएपछि मन्त्री सार्कीले हालसम्म निर्माण भएका कानुन नागरिकसम्म लैजाने प्रतिवद्धता पनि जनाए ।

‘जारी भएका कानुन नागरिकसम्म पु¥याउनेतर्फ सोच्छौँ । केही  कानुन अगाडि बढेका छन्, आवश्यक अरु कानुन निर्माणलाई पनि अगाडि बढाउँछाँै’ उनले भने, ‘मन्त्रालयहरुबाट कानुन निर्माणका लागि राय मागिएका विषयमा पनि हामीले रोकेका छैनाँै ।’ 

मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार सम्बन्धी कानुनको विधेयक संसदको जारी अधिवेशनबाटै पारित हुने गरी अघि बढाइएको जानकारी दिए । उनले सदनमा रहेको यो विधेयकलाई छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताए । ‘अन्य प्रदेशमा यो ऐन आएर प्रेस रजिष्टार पनि नियुक्त भइसकेका छन्’ मन्त्री सार्कीले भने, ‘यही अधिवेशनमा यो विधेयक पारित हुन्छ । अन्य कानुन पनि अगाडि बढाउँदैछौँ ।’

उनले सुदूरपश्चिममा प्रदेश विपद प्राधिकरण गठन आवश्यक रहेकोले त्यससम्बन्धी ऐन ल्याउने तयारी रहेको जानकारी दिए । त्यस्तै दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्न समस्या भएपछि संशोधनको प्रकृया अगाडि बढाइएको उनले बताए । उनले दलित समुदाय लक्षित कार्यक्रम तथा कानुनहरु निर्माण र कार्यान्वयनका लागि आफूले सक्दो काम गरेको बताए । 

  
 

प्रतिक्रिया