ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तीन सातापछि सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

बिहिबार ०५, भदौ २०८२ ०८:०८

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्ने भएको छ । तीन सातापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयले आज दिनको ४ बजे सभाको बैठक बोलाइएको जनाइएको छ । 

बिहीबार बस्ने प्रदेशसभा बैठकमा दुई वटा विषयवस्तु कार्यसूचीमा रहेको जनाइएको छ । बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसैगरी, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया