धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । संघीयताको नक्शाकंन गर्ने बेलाको त्यो भिडियो अहिले समाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको हो ।
भिडियोमा देउवासंग बझाङ काँग्रेसका केही नेता देखिएका छन् । ‘कुरा सुन्नु न मेरो, आधा बझाङ छ काँडा,’ उनले फोनमा भनेका छन्, ‘११ त हुँदैन १२ बनाउन प¥यो । तपाईंचाहिँ मान्नुस् अरु जे सुकै गरुन् ।’
अहिले बझाङको काँडा गाविस रहेको बताउँदै उनले त्यसलाई छुट्टै गाउँपालिका बनाउने हो भन्दै फोनमा निर्देशन दिएका छन् ।
देउवाको निर्देशनबमोजिम बझाङको काँडा गाविसलाई गाउँपालिका बनाइएको चर्चा छ । सुरुमा काँडा गाउँपालिका नै नाम राखिएकोमा सात वर्षअघि उक्त पालिकाको नाम परिवर्तन गर्दै साइपाल राखिएको छ । गाउँपालिकाको केन्द्र काँडामा छ ।
प्रतिक्रिया