धनगढी । नेपाली काँग्रेस र नेपाल (एमाले) दार्चुलाले लिपुलेक हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताको विरोध गरेका छन् । नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि एमालेको भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
कांग्रेसको भदौ ६ र ७ गते बसेको कार्यसमितिको बैठकले पनि ध्यानाकर्षण भएको जनाउँदै निर्णय गरेको छ । एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पु¥याउने गरी भएको गतिविधि अस्वीकार्य भएको भनिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललितसिंह बोहोराले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालको नक्साभित्र पर्ने भूगोल कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रस्थित लिपुलेक भन्ज्याङको बाटो भएर छिमेकी राष्ट्र चीन र भारतबिच नेपालको सहमति र संलग्नता बेगर व्यापारमार्ग सञ्चालनमा ल्याउन भएको द्विपक्षीय समझदारीप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
प्रतिक्रिया