ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राज्यव्यवस्था समिति सभापतिकाे उम्मेदवार न्यौपानेलाई बनाउने कांग्रेसको निर्णय

मङ्गलबार १०, भदौ २०८२ ०३:३०

धनगढी । राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा सत्ता गठबन्धन दलबाट ईश्वरी न्यौपाने उम्मेदवार बन्ने भएकी छन् । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि समिति सभापति कांग्रेसबाटै रामहरि खतिवडा थिए । निजामती विधेयकको कुलिङ अफ पिरियडमा समितिबाट प्रतिवेदन पास गर्ने क्रममा छलछाम भएको भन्दै उनले राजीनामा दिएका थिए । त्यसपश्चात् सत्ता गठबन्धनमा रहेका दलहरू कांग्रेस र एमालेले साझा उम्मेदवार उठाउने निर्णयका गरेका थिए ।

न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिइसकेकी छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार गठित समितिको सभापति पदबाट न्यौपानेले आजैदेखि लागू हुने गरी राजीनामा दिएकी हुन् ।

राज्य व्यवस्थापन समितिको निर्वाचन भोलि हुँदै छ ।

प्रतिक्रिया