ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा विकासको खाका तयार पार्न रास्वपाले बनायो समिति

बुधबार ११, भदौ २०८२ ०१:४०

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराले जिल्लाको विकासको खाका तयार पार्न एक समिति गठन गरेको छ । रास्वपाका जिल्ला सभापति इन्जिनियर सुरेन्द्र अवस्थीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपसंयोजकमा इन्जिनियर महेशसिंह धामी तथा सदस्यमा इन्जिनियर बीर कार्की, जिल्ला उपसभापति प्रेमबहादुर बुढा र सहसचिव बसन्त पाण्डेय रहेका रास्वपा डडेल्धुराले जनाएको छ ।

समितिले डडेल्धुराका विकासका संभावना, तिनको संभावित लागत र आवश्यक समयावधिसहित खाका तयार पारी जनतामाझ जाने रास्वपाका नेता पारस बाहुनले जानकारी दिए ।

प्रतिक्रिया