ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

`सुदूरपश्चिममा लगानीको वातावरण बनाउछौं, सबैको साथ चाहियो´

बिहिबार १२, भदौ २०८२ ०३:३६

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासका लागि संघीय सरकारसहित सबै निकायको सहयोग आवश्यक रहेको बताएका छन् । बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानीमा आयोजना गरेको सुदूरपश्चिमले प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचुर सम्भावना बोकेको सुदूरपश्चिले सबैको साथ र सहयोग खोजेको बताएका हुन् ।

`सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको आयोजना गर्दैछ,´ मुख्यमन्त्री शाहले भने, `सबै पक्षलाई लगानी गर्न आग्रह गर्दछु ।´

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा खनिज, जडिबुटी, पस्मिना, पशुपालन, पर्यटन, उद्योग लगायत थुप्रै सम्भावना रहेको बताउँदै लगानी गर्न सकिने र त्यसको लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले नेपाल आउने उपभोग तथा उपभोगका सामानहरु परीक्षण गरेर मात्र आयात गर्ने बताए । उनले नेपाल डम्पिङ साइड नभएको बताए ।

प्रतिक्रिया