डडेल्धुरा । निरन्तरको वर्षासँगै डडेल्धुरास्थित महाकाली नदीमा बाढी आएको छ । पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीको बहाव बढ्दो क्रममा छ । डडेल्धुरा र कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ १६ गते, दिउँसो २ः५० बजे । महाकाली नदी डडेल्धुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
यस्तै कंचनपुरमा पनि महाकालीको बहाब बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बहाब झण्डै दुई लाख क्युसेक पुगेको छ ।
प्रतिक्रिया