धनगढी । बैतडीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।
पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
उनका अनुसार जंगली जनावरका लागि मकै बारीमा थापेको विद्युतीय धरापमा परेर भट्टको मृत्यु भएको हो ।
मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको बताउँदै प्रहरी निरीक्षक पाण्डेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया