ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीको निङ्गलाशैनीमा मेला, दशरथचन्द नगरपालिकामा भोलि बिदा

शनिबार २१, भदौ २०८२ ११:४३

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको २ नम्बर वडास्थित निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो । 

नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी जात्रा सुरु भएको हो । जात्रा भोलि भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ ।

प्रतिक्रिया