ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा हतियारधारी समूह देखिएको सूचना प्रहरीमा, खोजी हुँदै

बिहिबार २६, भदौ २०८२ ०९:३२

धनगढी । कैलालीको धनगढीमा हतियारधारी पसेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।  धनगढीस्थित फुलवारी क्षेत्रमा बिहीबार दिउँसो १०/१५ जना हतियारधारी व्यक्ति देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयका अनुसार ती हतियारधारी फुलबारीको बी गाउँ पछाडिको जंगलमा देखिएका थिए । स्थानीयको जानकारीपछि खोजीका लागि टोली पठाइएको कैलाली प्रहरीका प्रमुख एसपी नरेन्द्र चन्दले बताए । `सूचनापछि टोली पठाएका थियौं, खोज्दा कोही भेटिएनन्, सूचन भेरिफाई गर्दैछौं,´ एसपी चन्दले भने ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरेको छ ।
जेनजीको आन्दोलनको फाइदा उठाएर कैलालीको जेलबाट छ सय बढी कैदीबन्दीसमेत फरार भएका थिए । 

प्रतिक्रिया