ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

शुक्रबार १०, असोज २०८२ १०:०६

धनगढी । कैलालीमा ट्रकसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– ७ स्थित जेपी चोकमा रोकिराखेको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनमा धनगढी उपमहानगरपालिका– १२ बस्ने १८ वर्षीय मोटरसाइकल चालक अनिश सिंह र मोटरसाइकल पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुवँरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाकाे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक चुरे गाउँपालिका– ३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया