ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मृत भेटिएका शेरबहादुरका आफन्त आन्दोलित, प्रहरी कार्यालय घेराउ

बिहिबार २०, कार्तिक २०८२ ०४:१४

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१० का शेरबहादुर चौधरीको मृत्यु भएको एक महिनापछि आफन्त आन्दोलित भएका छन् । न्यायको माग राख्दै उनीहरुले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन् । 

घटनामा संलग्न भएको भन्दै प्रहरीले लोकेन्द्र मल्ल र विकास मल्ललाई पक्राउ गरेको थियो । अदालतले विकासलाई छोड्न आदेश दिएपछि दोषीलाई उन्मुक्ति दिएको भन्दै आन्दोलन गर्न परेको शेरबहादुरका आफन्तको भनाई छ । 

बुधबार गोदावरी नगरपालिकास्तरीय बैठकले न्याय संघर्ष समिति गठन गर्दै चरणबद्ध कार्यक्रम घोषणा गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला अदालत कैलाली घेराउ गर्ने र न्याय नपाए अत्तरियामा अनिश्चितकालीन चक्काजाम गर्ने तयारी गरिएको संघर्ष समितिले जनाएको छ । 

असोज २३ गते राति घरमै आएर ढोका तोड्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर भोलिपल्ट खोलामा मृत भेटिएका थिए । 

प्रतिक्रिया