धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान बेदकोट नगरपालिका– २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्टभित्र बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।
पूर्वपश्चिम राजमार्ग जाने सडकको कल्भर्टभित्र सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
सडक छेउमा गन्ध आएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।
प्रतिक्रिया