धनगढी । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज देशभरका स्थानीय तहमा जनप्रदर्शन गरिएको छ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गरेको हो ।
सोहीअन्तर्गत सुदूरपश्चिमको राजधानी धनगढीमा पनि जनप्रदर्शन गरिएको छ । जनप्रदर्शनअन्तर्गत धनगढी उपमहानगरपालिका कार्यसमितिको आयोजनामा धनगढीस्थित पार्टी कार्यालयबाट ¥याली सुरु गरिएको थियो । ¥यालीमा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, प्रदेश कमिटी सचिव रणबहादुर चन्द, पूर्वजिल्ला कार्यबाहक अध्यक्ष दुर्गा जोशी लगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
¥याली क्याम्पस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा एमालेले संसद पुर्नस्थापनाको माग गरेको छ ।
प्रतिक्रिया