धनगढी । भीम रावलको मातृभूमि जागरण अभियान आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छ । त्यसका लागि आज दिउँसो साढे १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ ।
समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, जागरण अभियानका संयोजक रावललगायत नेताहरू उपस्थित रहने जनाइएको छ ।
एमालेबाट निस्काशित भएका रावलले २०८१ माघमा जागरण अभियान सुरु गरेका थिए ।
प्रतिक्रिया