धनगढी । कैलाली- १ का एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले प्रतिबद्धता सार्वजनिक गरेका छन् । आज आयोजित कार्यक्रममा उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
न्यौपानेले कर्णाली करिडोरलाई दुई लेनको बनाएर पर्यापर्यटन विकास गर्ने, टीकापुर-जोशीपुर- भजनी सडकलाई चार लेनमा विस्तार गर्ने, सेती लोकमार्ग विस्तारलाई तिब्रता दिने र रानीजमरा आयोजनालाई पूर्णता दिने बताएका छन् ।
जोशीपुर, सत्ती र दुर्गौली बजारलाई नयाँ सहर बनाउने, टीकापुर अस्पताललाई मेडिकल कलेज बनाउने, टीकापुर पार्कको आधुनिकीकरण गर्ने, आधुनिक कृषि औजार उद्योग स्थापना गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
टीकापुरमा सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता पनि उनको छ ।
प्रतिक्रिया