ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकारले जनादेश लिन चाहेको छैन : नेता अधिकारी

बिहिबार २७, कार्तिक २०८२ १२:२६

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन् । उनले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे । ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भए पनि त्यसतर्फ ध्यान नदिइएको बताए ।

अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएका उनको भनाई छ । एमाले छाडेर मातृभूमी अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि एमालले कुनै क्षति व्यहोर्नु नपर्ने उनी बताउँछन् ।

रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालले व्यर्होनुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने उनको दाबी थियो । 

उनले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउने कुरामा शंका नभएको दाबी गरे । ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको उनको भनाई थियो । 

प्रतिक्रिया