ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लुम्बिनीविरुद्व विराटनगर ब्याटिङ गर्दै, फाफ खेल्दै

बुधबार १७, मङि्सर २०८२ ०४:०३

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बुधबारको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा  लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर  बलिङको निर्णय लिए । 

विराटनगर आजको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ । यसअघि पोखरा, काठमाण्डू र कर्णालीलाई हराएको विराटनगरले चितवनसँगको खेल भने गुमाएको थियो । 

यता लुम्बिनीलाई पनि प्लेअफ सम्भावना जीवितै राख्न जित्नै पर्ने दबाब छ ।  यसअघि चितवन र पोखराविरुद्ध जित निकालेको लुम्बिनीले सुदूरपश्चिम, काठमाण्डू र कर्णालीसँग हार व्यहोरेको थियो । आजको खेलमा विराटनगरबाट खेल्दै फाफ डुप्लेसिसले एनपीएलमा डेब्यु गर्दै छन् । 

प्रतिक्रिया