ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आगलागी पीडितलाई कैलाली उद्योग वाणिज्य संघद्वारा ५० हजार सहयोग

बुधबार १७, मङि्सर २०८२ ०४:३५

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आगलागी पीडितलाई सहयोग गरेको छ । 
गोदावरी नगरालिका–५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्समा आगलागीबाट साढे दुई करोडको क्षति भएको थियो । 

उद्योग वाणिज्य संघले ५० हजार सहयोग गरेको हो । कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटनास्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाशकुमार चन्द, कोषाध्यक्ष तिलकबहादुर बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको सदस्य प्रेम धामीले जानकारी दिए ।
 

प्रतिक्रिया