धनगढी । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा बिरेन्द्रराज जोशी चयन भएका छन् । धनगढीमा शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनले जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ती मल्ल, सचिवमा भरत गिरी र कोषाध्यक्षमा शुसीला चन्द चयन भएका छन् । अधिवेशनले कार्यसमिति सदस्यमा कृतिका बस्नेत, धनबहादुर बुढाऐर, कमला बजगाइ, कल्पना तिमिल्सेना, गणेश भुल र दुर्गाकुमारी ऐरलाई चयन गरेको छ ।
त्यस्तै संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गोविन्ददेव भट्ट, भुवन अवस्थी, पुरुषोत्तम लेखक, शिवराज भट्ट, दिपेन्द्रबहादुर भण्डारी, पूर्णबहादुर कुँवर, बिसनदेव जोशी, दिपेन्द्रबहादुर भाट, प्रभुराज जोशी र टीकाराम बुढा निर्विरोध छनोट भएका निर्वाचन समितिका संयोजक प्रकाश खड्काले जानकारी दिए । आगामी पुस १९ र २० गते संघको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।
त्यसअघि नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीको अध्यक्षतामा अधिवेशन उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल वित्तीय संस्था कर्मचारी संघ सुदूरपश्चिमका अध्यक्ष दीर्घबहादुर शाह र विशिष्ट अतिथि तथा नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंकका केन्द्रीय उपमहासचिव प्रकाशबहादुर बोहरा रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि शाहले नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिले आफ्नो कार्यकालमा सह्रानीय काम गरेको बताए । समितिले कर्मचारीहरुलाई एकीकृत गरेर पेशागत हकहितका पक्षमा काम गरेको उनको भनाइ थियो । त्यस्तै विशिष्ट अतिथि बोहराले अहिलेको विषम परिस्थितिमा टे्रड युनियन आन्दोलनलाई बलियो बनाउन संगठीत भएर जानुपर्ने धारणा राखे ।
उद्घाटन समारोहमा मन्तव्यका क्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंकका केन्द्रीय सहकोषाध्यक्ष प्रतिक्षा भट्ट, संघका केन्द्रीय सदस्यद्धय गोविन्द बास्तोला र नवराज ओझाले केन्द्रीय समितिलाई समेत काम गर्न दवाव सिर्जना गर्ने गरी काम गरेको भन्दै सुदूरपश्चिम समितिको प्रशंसा गरे ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल बैंक लिमिटेड सुदूरपश्चिम समितिका अध्यक्ष प्रकाश खड्का, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक सुदूरपश्चिम समितिका अध्यक्ष हरिलाल भट्ट, राष्टिय वाणिज्य बैंक कर्मचारी संघका प्रदेश अध्यक्ष राजेन्द्र बिष्ट, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठनका प्रदेश अध्यक्ष हरिदत्त जोशीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाका प्रमुखलगायत सहभागी थिए ।
प्रतिक्रिया