ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम रोयल्सले ल्यायो भारतका सेल्डन ज्याक्सन, को हुन् उनी ?

सोमबार २२, मङि्सर २०८२ १०:३१

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स प्रतियोगिताको उत्तरार्द्धमा नयाँ खेलाडी भित्र्याउने वाध्यतामा परेको छ । दुई अष्ट्रेलियन स्टार खेलाडीहरु जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी खोज्नुपर्ने भएको हो ।

रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन फिलिप ज्याक्सनलाई अनुवन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन । उनले फस्र्ट क्लासका १०६ खेल खेलेको अनुभव छ । जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् । 

३९ वर्षिय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् ।

सेल्डनले यसै वर्ष व्यवसायीक क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया