ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राइजिङ स्टार प्रिमियर लिग : दून एकेडेमी, ग्ली, एरिस्टो र स्टेपिङ विजयी

मङ्गलबार २३, मङि्सर २०८२ ०७:३७

धनगढी । कैलालीको धनगढीमा जारी  ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।

आजको पहिलो खेलमा दुन एकेडेमी विजयी भएको छ । उसले ब्राइटवे पब्लिक स्कुललाई ३३ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दुनले निर्धारित ९.३ ओभरमा ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ब्राइटवेले १० ओभरमा ६८ बनायो ।

आजै भएको दोस्रो खेलमा ग्ली एकेडेमीले शैलेश्वरी स्कुलालाई २५ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको ग्लीले १० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । जवाफमा शैलेश्वरीले १० ओभरमा ८ विकेट गुमाउँदै ६८ रनमा बनायो । 

आजै भएको तेस्रो खेलमा एरिस्टो स्कुल विजयी भएको छ । उसले सिद्दार्थ विद्या निकेतनलाई ६५ रनले पराजित गरेको हो । एरिस्टोले १० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । सिद्दार्थले १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन मात्रै बनाउनसक्यो । 

आजै भएको चौथो खेलमा स्टेपिङ स्टोनले  वैसेशिक पाठशालालाई ४१ रनले पराजित गरेको छ । स्टेपिङले पहिले ब्याटिङ गरै १० ओभरमा ९१ रन बनायो । वैसेशिक ८.३ ओभरमा ५० रनमा समेटियो

राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको प्रतियोगितामा २४ टिमको सहभागीता रहेको छ । 

प्रवन्ध निर्देशक शाहीले प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ ।

प्रतिक्रिया