धनगढी । दाङको लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशन राज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । ‘२२ जना घाइतेलाइ उपचारको लागि लमही अस्पताल लगिएको छ । जसमध्ये २ जनालाई थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्,’प्रहरी निरिक्षक पाण्डेले भने,’बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान पनि भइरहेको छ ।’
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन् ।
प्रतिक्रिया