ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

आइतबार ०६, पुष २०८२ ०८:१८

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मार्मा गाउँपालिका-३ काे भैसे बगरमा सुपप्र ०१-००१ च २६०४ नम्बरकाे जिप दुर्घटना हुँदा २२ वर्षीय केशवराज जाेशीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि मार्मा आधारभूत स्वास्थ चाैकीमा पुगाइएकाे थियोे । उनकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

मार्मा गाउँपालिका-६ सेरी बस्ने २६ वर्षीय जिप चालक माधव महरालाई प्रहरीले पक्राउ गरेको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया