धनगढी । गतभदौं २४ गते जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सभा सचिवालयले केही दिनमै प्रदेश सभा भवन लगायतका संरचनाहरु मर्मत सम्पन्न हुने जनाएको छ ।
प्रदेश सभा भवनको मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । फर्निचर राख्ने, माइक जडान, अडियो, भिडियो सामाग्रीको व्यवस्थापनको काम बाँकी रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनले मर्मत् सम्भारका साथै प्रदेश सभा बैठक बोलाउने तयारी समेत भइरहेको बताए । ‘यो हप्ताको अन्तिमसम्म सबै काम सम्पन्न गरी बैठक बोलाउने गरी काम भइरहेको छ,’ उनले भने, तर कति सम्भव हुन्छ । माइक, अडियो, भिडियो लगाउने काम भोलीदेखि शुरू हुन्छ कि भन्ने छ तर सामान पुगेको छैन ।’
सभा भवन मर्मत सकिने वित्तिकै प्रदेश सभाको बैठक बोलाउने तयारीमा रहेका सभामुख भीमबहादुर भण्डारीले सोमबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख भण्डारीले सदन चलाउने विषयमा छलफल गर्न समितिको बैठक बोलाएको बताए । उनले समितिको बैठकमा छलफल र निर्णय गरिने एजेण्डाको विषयमा भोली नै थाहा हुने बताए ।
भदौ ५ गते बसेको बैठकमा दलित सशक्तिकरण ऐन २०७८ संशोधन गर्न बनेको बिधेयक सभा समक्ष टेबुल र केही केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको बिधेयकमाथि समान्य छलफल गरेको थियो । त्यसपछि बैठक नै बस्न नसको प्रदेश सभाको बैठक तत्काल सञ्चालन गर्ने मनसायमा सभामुख भण्डारी छन् । तर, प्रदेश सरकारले थप विजनेश नदिएको हुँदा बैठक बसेर के गर्ने भन्ने विषयमा छलफल गर्न सभामुख भण्डारीले समितिको बैठक बोलाएको बताइएको छ ।
प्रतिक्रिया