डडेल्धुरा । नेपाली कँग्रेसका सभापति शेरबहादुर देउवा जन्मभूमी पुगेका छन् । शुक्रबार देउवा आफ्नो जन्मभूमी डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोला पुगेका हुन् । उनी त्यहाँ पूजामा सहभागी भएका छन् ।
रुवाखोलाको चौतारोमा बसेर उनले गाउँलेहरुसंग कुराकानी गरेका छन् । २६ गतेदेखि गृहजिल्ला डडेल्धुरामा रहेका देउवा भोलि उग्रतारा मेलामा सहभागी हुने छन् । उग्रतारा मेलाकै लागि देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि डडेल्धुरा पुगेकी छिन् ।
प्रतिक्रिया