नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ ।
विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टीभित्र व्यापक नीतिगत सुधार र विधान संशोधन रहेको छ । महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई नीति र विधानको रूप दिने तयारी छ ।
पार्टीमा पदाधिकारीका लागि १, २, ३ र ४ पटकको मोडल लागु गर्ने र साेअनुसार राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने व्यवस्थालाई पार्टीको नीति बनाउने तयारी छ ।
समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका तथा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था विधानमै समेट्ने, संघ, प्रदेश र स्थानीय तहका सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने र त्यस्तो समितिको संयोजक सम्बन्धित तहका पार्टी सभापति हुने, क्रियाशील सदस्यता केन्द्रमा नपठाई वडास्तरमै टुंग्याउने तथा महाधिवेशन प्रतिनिधि पनि वडाबाटै चयन हुने व्यवस्था प्रस्तावकाे तयारी छ ।
प्रतिक्रिया