काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार घोषित बालेन्द्र शाहले संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा शाहले प्रदेश संरचना बलियो बनाउनुपर्ने बताएका हुन् । उनले रास्वपालाई संघीयताप्रतिको धारणा के हो भनेर काठमाडौंमा सोधिने गरेको बताए । उनले भने, 'प्रदेशलाई बलियो बनाउनुपर्छ ।' उनले वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने उनले बताए ।
प्रदेश संरचना बलियो बनाएर काठमाडौंमा अधिकार माग्न जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बालेन्द्र शाहको भनाइ थियो । 'काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भुनाथ घुम्न जाने हो,' शाहले भने ।
देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुपर्ने शाहको भनाइ थियो ।
प्रतिक्रिया