ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा कांग्रेसको उम्मेदवार चन्द

सोमबार ०५, माघ २०८२ ०६:०३

धनगढी । नेपाली कांग्रेसले बैतडीका पार्टी सभापति चतुरबहादुर चन्दलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको टिकट दिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका चन्दले कैलालीको धनगढीमा आयोजित बैतडी–कैलाली सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै आफुले बैतडीबाट टिकट पाएको बताएका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निवार्चनको लागि भोली उम्मेदवारी दर्ताको कार्यतालिका छ । टिकट पाएको भन्दै चन्दले आजै बैतडी पुगेर भोलीको उम्मेदवारी दर्ताको तयारीमा जुटेको बताए ।

प्रतिक्रिया