डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ मा एक मोटेरेबल पुल निमार्ण १२ बर्षदेखि अलपत्र परेको छ ।
नवदुर्गा र गन्यापधुरा गाउँपालिका जोड़ने सकायल खोलामा पुल निर्माण गर्न ठेक्का लगाएको १२ वर्षमा पनि नबनेको हो । सडक डिभिजन कार्यालय कुलपाते डोटीले १२ बर्ष पहिले चाँदनी कन्स्ट्रक्सन प्रालिलाई निर्माणको लागि ठेक्का दिएको थियो । ठेकदारले पुलको स्ल्याबसम्म मात्रै काम गरेको छ ।
बुधबार सडक डिभिजन कार्यालय डोटीका प्रमुख र निर्माण कम्पनीका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय छलफलका लागि
बोलाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए। उनले मंगलबार मतदान स्थलको निरीक्षणमा पुगेको बेला सो पुल देखेपछि आफूले निर्माण सम्पन्न गर्न पहल थालेको बताए ।
स्थानीय नागरिकको खबरदारी तथा मिडियामा आएका समाचारले गत बर्ष समेत प्रमुख जिल्ला अधिकारीले छिटो निमार्ण सम्पन्न गर्ने निर्देशन दिएका थिए।
तर अहिलेसम्म निर्माण हुन नसकेको उनले बताए ।
उक्त २०८० मा निर्माण अन्तीम चरणमा पुगेको बेला सकायल खोलामा आएको बाढीले बगाएको थियो ।
प्रतिक्रिया