ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली १ मा रेशमलाल चौधरीको उम्मेदवारी खारेज

बिहिबार ०८, माघ २०८२ ०६:०३

धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रनिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी खारेज भएको छ ।

चौधरीले माघ ६ गते कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति नेपालबाट उम्मेदवारी दिएका थिए ।

उनको उम्मेदवारी विरूद्ध हिजो उजुरी परेको थियो । उक्त उजुरी छानविन गरी निर्वाचन आयोगले चौधरी उम्मेद्वार हुन अयोग्य रहेकाे ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।

सर्वोच्च अदालतले २०७२ साउन ७ गते भएको टीकापुर घटनामा दोषी ठहर गरेकोले चौधरीको उम्मेद्वारी खारेज गर्न माग सहित उजुरी परेको थियो ।

प्रतिक्रिया