ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कांग्रेसको घोषणा पत्र समितिमा नीति आयोगका सदस्य सुनार

शुक्रबार ०९, माघ २०८२ ०८:२५

धनगढी । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारलाई घोषणा पत्र निर्माण समितिको संयोजक बनाएको छ । 

निर्वाचन आचारसंहिता २०८२ मा सार्वजनिक पदमा रहेका व्यक्ति पार्टीको निर्वाचन प्रचारमा संलग्न नहुने व्यवस्थाको छ । यस व्यवस्थाको विपरित कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार नरनारायण शाह मनुको चुनावी  घोषणा पत्र बनाउन आयोगका सदस्य सुनारलाई घोषणा पत्र समितिको संयोजक बनाएको हो । 

कांग्रेसको कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिको बिहिबार बसेको बैठकबाट घोषणा समिति संयोजक बनाएका सुनार कांग्रेसको कैलाली जिल्ला समिति सचिव पनि हुन् ।

यसैगरी, बैठकले भीम पडालको संयोजकत्वमा निर्वाचन परिचालन समिति र हरिश खड्काको संयोजकत्वमा सचिवालय समिति गठन गरेको छ ।

प्रतिक्रिया