धनगढी । कैलाली–५ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार डा. आनन्दबहादुर चन्दले जेनजी आन्दोलनका सहिद गौरव जोशीको घरमा पुगेर चुनावी प्रचार शुरू गरेका छन् ।
उनले शुक्रबार सहिद जोशीको घरमा पुगी उनको आमासँग आशीर्वाद लिएर घरदैलो अभियान शुरू गरेको चन्दको सचिवालयले जनाएको छ । 'जेन–जी आन्दोलनका सहिद गौरव जोशी हाम्रो कैलालीको 'गौरव' हुनुहुन्छ,' चन्दले भने, 'उहाँ सचेत, सोच्ने र परिवर्तन चाहने युवापुस्ताको आवाज हुनुहुन्थ्यो।'
सो अबसरमा सहिद जोशीकी आमाले भनिन्, 'हामीले छोरो गुमाएका छौं। छोरो जे कुराका लागि आन्दोलनमा गएको थियो, त्यो पूरा गरिदिनु होला। देश बनाउनु होला ।'
प्रतिक्रिया