ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नीति आयोगका सदस्य सुनारले गरे कांग्रेस घाेषणा पत्र समितिमा नबस्ने घाेषणा

शुक्रबार ०९, माघ २०८२ ०५:१८

धनगढी । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को घोषणा पत्र निर्माण समितिको संयोजक अस्वीकार गरेका छन् ।

कांग्रेस कैलालीको क्षेत्र नं. ५ क्षेत्रीय समितिको बैठकले सुनारलाई घोषणा पत्र निर्माण समिति संयोजक बनाउने निर्णय गरेको समाचार प्रकाशन भएपछि उनले आफू सो समितिमा नबस्ने जनाएका हुन् । उनले संवैधानिक समितिका पदाधिकारीले पार्टीको चुनावी प्रचारमा संलग्न हुन नमिल्ने भएकाले आफूले सो समितिमा नबस्ने बताएका हुन् ।

कांग्रेसको कैलाली जिल्ला समिति सदस्य समेत रहेका सुनारले बिहिबार कांग्रेस कैलालीको क्षेत्रीय समिति बैठकमा आफु उपस्थित नभएको र सो बैठकमा भएको निर्णय बारे आफुलाई थाहा पनि नरहेको बताए ।

सुनारलाई बैठकले कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य निर्वाचनका कांग्रेस उम्मेदवार तथा कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनुको घोषणा पत्र निर्माण समित संयोजक बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया