ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी भण्डारी निर्वाचित

आइतबार ११, माघ २०८२ ०५:५१

धनगढी । रष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् ।

उनले तीन हजार ९९४ मत प्राप्त गर्दै प्रतिद्वन्दी नेपाली कम्प्युनिष्ट पार्टीकी रोजी बस्नेत पराजित गरेर विजयी भएकी हुन् । कांग्रेस–एमाले गठबन्धन भएको कारण भण्डारीको जित निश्चित थियो । रोजीले एक हजार ६७५ मत प्राप्त गरेकी छन् । 

खुल्ला तर्फको गणना जारी छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा छ । गठनबन्धनमै मत परेको भए खातीको पनि जित निश्चित छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा खस्यो २२० मत

प्रतिक्रिया