ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बालेनले लेखेः सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई !

बुधबार १४, माघ २०८२ ११:५४

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम प्रदेशबारे पहिलो सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

गाडीमै बसेर कार्यकर्ताहरुलाई हात हल्लाउँदै चुनावी प्रचार गरिरहेका उनले आज सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडकमा परेको हिउँसंग फोटो खिचाएपछि प्रतिक्रिया फेसबुक पेजमा लेखेका हुन् । उनले हिउँ भएको सडकमा खिचेको फोटो राखेर लेखेका छन्, ‘सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई ! ❤️'

चुनावी प्रचारको क्रममा अहिले उनी बैतडीकाे पाटन पुगेका छन् । उनले आजै दार्चुला र बझाङसम्म जाने कार्यक्रम छ ।

प्रतिक्रिया