ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुला अटो दुर्घटना : एकै परिवारका दुई जना मृत फेला, एक अझै बेपत्ता

मङ्गलबार १७, भदौ २०८२ ०९:३९

धनगढी । दार्चुलामा भएको अटो दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । अटो आफै अनियन्त्रित भएर सडकबाट नौगाड खोलमा खसेपछि बेपत्ता भएको तीन जनामध्ये दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार नौगाड गाउँपालिका–६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामीको शव फेला परेको हो । ‘आरुषाको घटनास्थलबाट अन्दाजी सात सय मिटर पश्चिमतर्फ र भागाको घटनास्थलबाट अन्दाजी ८ किलोमिटर पश्विमतर्फ खोलाको किनारमा शव फेला परेको हो,’ डीएसपी दाहालले भने । उनका अनुसार मृतक भागाकी ४७ वर्षीया सासु चाखुरीदेवी धामी दुर्घटनामा बेपत्ता छिन् । उनको खोजतलास भइरहेको छ डीएसपी दाहालले बताए । 

नौगाड– ६ कै १६ वर्षीय आयुष भुल दुर्घटनामा घाइते भएका थिए । उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ भने सोही ठाउँका ३६ वर्षीय अटो चालक मनिराम भुललाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार नौगाड गाउँपालिका– ५ सौकेबगर नजिक गोकुलेश्वर–होपरी भित्री सडक खण्डमा होपरीगाडबाट मसिने बगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको अटो सडकबाट झण्डै ५० फिट तल रहेको नौगाड खोलामा खसेको थियो ।

प्रतिक्रिया