ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

छाङरु र तिकंरसम्म बन्यो पैदलमार्ग, हट्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

मङ्गलबार २३, मङि्सर २०८२ ११:१०

दार्चुला । २५ वर्षअघि २०५७ सालतिर नेपालको बाटो हुँदै जान सकिन्थ्यो, दार्चुलाको छाङरु र तिङ्कर गाउँसम्म । त्यसपछि आवतजावत गर्ने घोडेटो बाटो बिग्रिएपछि दार्चुला जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतको बाटो भएर आउनुपर्ने बाध्यता बन्यो । अब भने छाङरु र तिङ्करगाउँबाट नेपालको बाटो भएरै सदरमुकाम खलङ्गा आउतजावत गर्न सकिने भएको छ । 

संघीय सरकारको बजेटबाट निर्माण गरिएको घोडेटो बाटोबाटै सदरमुकाम खलङ्गा आउन सकिने भएको छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताए । 

नेपाली सेनाले गत आर्थिक वर्ष २०८१÷८२ मा व्यास गाउँपालिका २ को तम्बाकु क्षेत्रमा ७२० मिटर बाटो निर्माण गरेको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ मा आतुङ्ती र कल्जु क्षेत्रको भिरमा तीन सय मिटर बाटो निर्माण गरेको दार्चुला–तिङ्कर सडक अन्तर्गतको (कोठेधार तिङ्कर सडक) आयोजनाका प्रमुख, प्रमुख सेनानी राजेश कटुवालले जानकारी दिए । दुम्लिङदेखि छाङरुगाउँसम्म घोडेटो बाटोको लम्बाइ २९ किलोमिटर छ । 

घोडेटो बाटोको बाँकी क्षेत्र निर्माण कम्पनी मिसन–देवहरि जेभीले गरेको निर्माण कम्पनीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिए । सङ्घीय सरकारबाट गत आवमा विनियोजित पाँच करोड ५० लाख रुपैयाँ र व्यास गाउँपालिकाको ५० लाख रुपैयाँ खर्च गरेर व्यास घोडेटो बाटो निर्माण गरिएको हो । 
 

प्रतिक्रिया