ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा पुलबाट हाम फालेका पुरुषको मृत्यु

बुधबार २८, माघ २०८२ ११:०७

धनगढी । कञ्चनपुरमा पुलबाट हाम फालेका पुरुषको मृत्यु भएको छ । बेदकोट नगरपालिका– ६ सिसैयास्थित चौधर नदीमा पक्की पुलबाट हाम फालेका पुरुषको मृत्यु भएको हो । 

बेदकोट नगरपालिकाû १० हरपल बस्ने ३५ वर्षीय विनोद चौधरीले मंगलबार पुलबाट हाम फालेका थिए । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले उद्धार गर्दै उनलाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पुगाएको थियो । 

चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन् । 
 

प्रतिक्रिया