ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चुनावमा अशान्त रहने बाजुरामा कसरी हुँदैछ मतदान ?

बिहिबार २१, फागुन २०८२ ०९:३२

धनगढी । बाजुराका सबै मतदान केन्द्रमा मतदान जारी छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । 

‘समयमै मतदान सुरु भएर राम्रो मत खसिसकेको पनि छ,’ उनले भने । बाजुरामा विगतका चुनावमा विभिन्न घटना भएका थिए । 

त्रिवेणी नगरपालिका– ७ खिरपाटास्थित नाटेश्वरी मावि मतदान स्थलमा ०७९ सालमा भएको निर्वाचनमा विवाद हुँद दुई जनाको ज्यान गएको थियो । 

प्रहरीको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । 

यसपटक मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरीसंगै बाहिरी घेरामा सेना पनि खटिएको छ ।

प्रतिक्रिया