धनगढी । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सातवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात पटक भूकम्पको धक्का महसुस भएको छ ।
सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २ पुसमा बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, ३ पुसमा बझाङको धामेनामै चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
यस्तै, ४ पुसमा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गयो । ६ पुसमा बाजुरामा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प जाँदा ९ पुसमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र ११ पुसमा जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ ।
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको हो । विभागका अनुसार, १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया