काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले कैलालीको धनगढीमा तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप माघ १८ र १९ गने धनगढीमा गर्ने जानकारी दिएको हो ।
यस्तै, संघले पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको छ । सभापति कप फुटबल प्रतियोगिता माघ १० देखि १७ गतेसम्म काठमाडौंमा गर्ने पनि बताइएको छ ।
वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए । चार सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको नाम पनि सूचीमा छ ।
प्रतिक्रिया